समाज


चाबहिलमा चक्कु प्रहार गरी युवकको हत्या, तीन जना पक्राउ

चाबहिलमा चक्कु प्रहार गरी युवकको हत्या, तीन जना पक्राउ

नेपालखबर
माघ २९, २०८१ मंगलबार १५:१५, काठमाडौँ

काठमाडौँको चाबहिलमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। आइतबार बिहान ६ बजेतिर काठमाडौँ महानगरपालिका ७ कुमारीगाल उमा महेश्वरीमार्गमा युवाहरूको दुई समूहबीच झगडा भएको थियो। 

एउटा समूहले मोबाइल चोरी गरेको अर्को समूहले देखेपछि खोस्न खोजेको र सोही विषयमा उनीहरूको झगडा भएको प्रहरीको दाबी छ। 

झगडामा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ९, पानीट्याङ्की घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, नयाँबस्ती बस्ने २३ वर्षका अमृत भन्ने संघर्ष कार्कीको मृत्यु भएको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई तत्काल सिनामंगलको केएपसी अस्पतालमा लगिएको थियो। अस्पताललाई उनलाई मृत घोषणा गरेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। 

मंगलबार हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। झगडा भएको सूचना प्रहरीको १०० नम्बरमा आएपछि गौशाला प्रहरी वृत्तबाट टोली तत्काल खटिएको थियो। 

अचेत अवस्थामा रहेका संघर्ष र अर्का एक जनालाई तत्काल उद्धार गरी केएमसी अस्पताल सिनामंगलका लागि लगिएको थियो। अर्का घाइते १६ वर्षका क्षितिज कार्कीको हात, पिठ्युँ र तिघ्रामा चोट लागेको छ। केएमसी अस्पतालबाट थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको थियो। सामान्य उपचारपछि उनलाई भने अस्पतालले डिस्चार्ज गरेको छ।

अस्पतालले डिस्चार्ज गरेका क्षितिजलाई हाल प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। घर झापा भद्रपुर नगरपालिका २ घर भएका १९ वर्षका क्षितिज हाल गोकर्णेश्वर नगरपालिका ६ बस्दै आएका छन्। 

घटनास्थलबाट भाग्दै गरेको अवस्थामा २ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो।  पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका १ स्थायी घर भई हाल कपन सिमलटार बस्ने २२ वर्षका युनिक लामा भन्ने नुर्वु शेर्पा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ घर भइ हाल गोकर्णेश्वर नगरपालिका ८ बस्ने २० वर्षका विशाल तामाङ रहेका छन्। उनीहरूविरुद्ध यसअघि पनि मुद्दा चलाइएको थियो। 

घटनामा प्रयोग गरिएको धारीलो हतियार चक्कु पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरू उपर ज्यानसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरिएको छ। पक्राउ सबैलाई गौशाला वृत्तको हिरासतमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad