बाँकेमा विवाहमा झगडा हुँदा एक युवकको ज्यान गएको छ। माघ २५ गते बैजनाथ नगरपालिका-८ बिचलाइनका सुवास बुढाको विवाहमा झै-झगडा हुँदा सोही वडाका १८ वर्षीय दिनेश रोकायाको मृत्यु भएको हो।
झगडामा धारिलो हतियार प्रहार भएपछि रोकायालाई उपचारका लागि भारतको लखनउमा लगिएको थियो। उपचारको क्रममा उनको सोमबार बिहान मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता आयुश प्रसाद जोशीले जानकारी दिए।
युवकको मृत्यु भएपछि प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका-२ की ३० वर्षकी मनीषा राना, सोही ठाउँका ३४ वर्षका रामबहादुर राना, वडा नं ६ का १८ वर्षीय भिजन नेपाली, जाजरकोट शिवालय गाउँपालिका ७ बस्ने २९ वर्षका हिमबहादुर बुढा, दाङको बबई गाउँपालिका ६ की वर्षीया अमृता डाँगी र बाँकेको बैजनाथ गाउँपालिका ८ का १८ वर्षीय सुजन बुढा रहेका छन्।
3.2k
Shares

प्रतिक्रिया