समाज


काठमाडौँ महानगरपालिकाले काष्ठकला, मूर्तिकला र हस्तकला सम्बन्धी निःशुल्क तालिम दिने

काठमाडौँ महानगरपालिकाले काष्ठकला, मूर्तिकला र हस्तकला सम्बन्धी निःशुल्क तालिम दिने

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८१ सोमबार १२:५६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। 

काठमाडौँ महानगरपालिका अन्तर्गतको सामाजिक विकास विभागले सूचना जारी गर्दै तालिममा सहभागीताको लागि दरखास्त आह्वान गरेको छ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ योजनाअन्तर्गत काष्ठकला, मूर्तिकला र हस्तकला सम्बन्धी निःशुल्क तीन महिले सीपमूलक तालिम सञ्चालन गर्न लागिएको सूचनामा उल्लेख छ।  

तालिममा सहभागी हुन इच्छुक नेपाली नागरिकले आगामी फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। तालिमको लागि ६० जना छनोट गरिने महानगरपालिकाले जनाएको छ। 

यस सम्बन्धी थप जानकारीको लागि टोल फ्री नम्बरस् ११८० वा १६६००१०५५११ र  मोबाइल नम्बर ९८५११०२५८५, ९८१८२०६२५३ मा सम्पर्क गर्न सकिने महानगरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad