समाज


संसदीय समितिले गर्‍यो आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन

संसदीय समितिले गर्‍यो आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन

नेपालखबर
माघ २७, २०८१ आइतबार १३:१७, काठमाडौँ

संसदीय समितिले शनिबार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ। आज आइतबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो। 

अनुगमन, निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीले धनको क्षति भएको बताए।

‘हामी आगलागी भएको निरीक्षण गर्न आएका हौँ। पूर्वाधार विकास समितिका सम्पूर्ण आउनुभएको छ। यो घटनाले जनको क्षति भएन, धनको क्षति भएको छ। डकुमेण्टहरुमा केही पनि आगो लागेको छैन भनिएको छ,' उनले भने, 'यो घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि लिएर पहिलादेखि नै हाइ अलर्टमा बस्नुपर्ने महशुस समितिले गरेको छ। अब वायरिङदेखि सबैलाई परीक्षण गर्न जरुरी रहेको आवश्यक देखेका छौँ।’

उनले यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरूको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad