समाज


बीमा रकमका लागि बाबुद्वारा चार वर्षीया छोरीको हत्या

बीमा रकमका लागि बाबुद्वारा चार वर्षीया छोरीको हत्या

नेपालखबर
असार २०, २०७६ शुक्रबार ७:९,

रौतहटमा बीमा वापतको रकमका लागि बाबुले चार वर्षीय छोरीको हत्या गरेका छन्।

रौतहट प्रहरीले असार १७ गते बेपत्ता भएको निवेदन परेकी ४ वर्षीया लक्ष्मीको हत्या उनकै बाबु रामकिसोर यादवले गरेको प्रारम्भीक अनुसन्धान प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो।

प्रहरीले स्थानीय मौलापुर नगरपालिकास्थित माछा पोखरीमा बालिकाको शव फेला पारेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले हत्यामा रामकिसोर संलग्न रहेको प्रमाणका आधारमा उनलाई पक्राउ गरेको बताए।

उनले प्रहरी अनुसन्धानमा आरोपीले प्रभु लाईफ इन्स्युरेन्समा छोरीको २५ लाख रुपैयाँ बराबरको जीवन बीमा गरेको र सोही रकमका लागि हत्या गरेको बताए।

घटना लगत्तै प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले डिएसपी कार्कीको संयोजकत्वमा सात सदस्सीय अनुसन्धान टोली गठन गरेका थिए। प्रहरीका अनुसार ३९ वर्षीय रामकिसोर द्वन्दकालमा नेकपा माओवादीमा सक्रिय रुपमा लागी भूमीगत भएका थिए।

अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरी

भूमीगत समयमा राम किसोर यादव उर्फ ढकालका नामले चिनिएका उनी २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा ३ वर्ष जेल सजाय भुक्तान गरेका अभियुक्त हुन्।

प्रहरीका अनुसार रामकिसोरले योजना अनुसार बीमा गरेर रकम प्राप्तगर्न छोरीको हत्या गरेका हुन्। उनलाई बीमा एजेन्ट धर्बेन्द्र यादवले सबै योजना र तरिका सिकाएका थिए।

प्रहरीले मुख्य अभियुक्त रामकिसोर र बीमा एजेन्ट धर्बेन्द्र यादव दुवैलाई मुलुकी अपराध सहिंता २०७४, ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी शुक्रबार म्याद थप गरेको छ। प्रहरीका अनुसार धर्बेन्द्र फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad