समाज


टोखामा साढे १० रोपनी सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

टोखामा साढे १० रोपनी सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १८:८, काठमाडौँ

काठमाडौँको टोखामा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका संरचना हटाइएको छ। टोखा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएअनुसार टोखा नगरपालिका–५ वडा कार्यालय नजिक वसुन्धरामा निर्माण गरिएको अवैध संरचनामा डोजर लगाएको हो।

टोखाले सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा हटाउन माघ २४ गतेसम्म समय दिए पनि उक्त समयमा निर्माण गरिएका संरचना नहटाएपछि आज बिहानै डोजर लगाएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएअनुसार अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको जानकारी दिए। संरचना हटाएर खाली गरिएको जग्गामा चारैतिर तारबार लगाउने प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए।

टोखाले यसअघि विष्णुमती नदीको आसपासमा खोला मिचेर निर्माण गरिएका संरचना हटाएर विष्णुमती ‘करिडोर’ निर्माणको कामलाई अगाडि बढाइसकेको छ। नगरपालिकाले नयाँ बसपार्क क्षेत्रको विष्णुमती खोला वरपर सार्वजनिक स्थानमा राखिएका व्यापारीका टहराहरू पनि हटाई सार्वजनिक जग्गाको संरक्षण कार्य सुरू गरेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad