टर्कीको राजधानी अङ्कारामा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु भएको छ। अन्य २० जना अस्पतालमा उपचाररत रहेको त्यहाँस्थित समाचार एजेन्सीले जनाएको छ।
टर्कीमा अवैध उत्पादित मदिरामा धेरै विषादी समावेश हुँदै आएको छ। यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ।
राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशंकामा ३२ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ।
अंकारा प्रान्तीय गभर्नरको कार्यालयले मंगलबार विषाक्त रक्सीको प्रयोगविरुद्ध सार्वजनिक चेतावनी जारी गरेको थियो।
अन्य शहरहरूमा पनि यस्तै घटनाहरू दर्ता गरिएको छ। इस्तानबुलमा जनवरीमा विषाक्त रक्सीको कारण कम्तिमा ९० जनालाई अस्पतालमा भर्ना गरिएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो। अधिकांश मृत्यु मिथेनोल विषाक्तताको कारणले हुन्छ।
टर्कीका अधिकारीहरूले नक्कली मदिराको उत्पादन र बिक्रीमा कडाइ गर्न प्रयासहरू तीव्र पारेका छन्। साथै, अधिकारीहरूले जनतालाई इजाजत नभएका पेय पदार्थहरूबाट बच्न आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया