समाज


'नि:शुल्क उपलब्ध गराउने भनेको ९८ प्रकारका औषधिबारे गुनासो धेरै छ'

'नि:शुल्क उपलब्ध गराउने भनेको ९८ प्रकारका औषधिबारे गुनासो धेरै छ'

नेपालखबर
माघ २४, २०८१ बिहिबार १७:४३, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले ७५३ वटै पालिकामा उपलब्ध गराउने भनेको ९८ प्रकारका औषधी प्रभावकारी बन्न नसकेको स्वीकार गरेका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ९८ प्रकारका औषधि प्रभावकारी भएन भनेर सबैतिरबाट गुनासो आएकाले सच्चाउन जरुरी रहेको बताएका हुन्।

साथै उनले स्तन क्यान्सर मेमोग्राम स्टल राख्ने विषय प्रक्रियामै रहेको भन्दै बजेटको सीमितता र तीन तहका सरकार भएकाले डुब्लिकेशन हुन् नदिन सरकार सचेत रहेको बताए।

प्रादेशिक अस्पतालको क्षमता अभिवृद्धि गर्न सङ्घ र प्रतिष्ठानका अस्पतालहरूसँग जोड्ने तथा तालिमप्राप्त चिकित्सकको सरकारले व्यवस्था गर्ने मन्त्री पौडेलको भनाइ छ। 

उनले बिमा सूची औषधि उपलब्ध नभएको सत्य भएको भन्दै त्यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए। उनले राज्यले नियमित दिने बजेटले नपुग्ने भन्दै कोष सुरक्षित गर्नेतर्फ सरकारले सोचेको बताए।

उनले स्वास्थ्य मन्त्रालयले घोषणा गरेका कार्यक्रमहरूको स्रोत सुनिश्चित भइसकेको भन्दै जलन उपचार, क्यान्सर हेमोफेलियालगायतका उपचारको निःशुल्क व्यवस्था गरेको भन्दै रेजिडेन्ट डाक्टरहरूको आन्दोलनका बारेमा परीक्षा अवरुद्ध हुन नदिन चिकित्सा शिक्षा आयोगलाई अस्थायी समाधान सुझाएको र त्यसबारे अहिले पनि छलफल भइरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad