समाज


तुलालाई मित्रले धोका दिने, कुम्भ कुलतमा पर्ने, तपाईँको के? हेर्नुस् २४ माघको राशिफल

तुलालाई मित्रले धोका दिने, कुम्भ कुलतमा पर्ने, तपाईँको के? हेर्नुस् २४ माघको राशिफल

ज्यो. मेनुका दाहाल
माघ २४, २०८१ बिहिबार ४:३४, काठमाडौँ

आज बिहीबार, २४ माघ २०८१ (६ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा फूर्ति र उत्साह बढेकै हुनेछ। राजनीतिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सेयर बजार र व्यापार व्यवसायबाट औसत लाभ हुनेछ। वैदेशिक कार्य सफलोन्मुख हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृष : रोकिएका काम पुनः सुरु हुनेछन्। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाउँदा हर्षित भइनेछ। सेयर बजारबाट राम्रो लाभ मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मिथुन : दिन मध्यम खालको छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु होला। मध्य दिनपछि नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

कर्कट : बोलीको भरमा कार्य सम्पादन हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सामाजिक कृत्यमा सहभागिताको अवसर जुर्नेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : नयाँ व्यक्तिसँगको समीपता बढेर जानेछ। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ आकासे र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कन्या : दिन भाग्यशाली भएर देखा पर्नेछ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

तुला : स्वास्थ्य र सुन्दरतामा धन खर्च हुनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ। पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। वैदेशिक क्षेत्रबाट भने राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : दिन अविस्मरणीय सम्झनाले बित्नेछ। शुभकार्यमा सहभागी भइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ पर्पल र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु : ठूला व्यक्तिबाट प्रशंसा पाउनुहुनेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कुम्भ : समय प्रतिकूल भई कुलतमा मन जानेछ। सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। बोल्दा विचार पुर्‍याउनु होला। साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मीन : अनपेक्षित शुभ समाचारले हौसला बढाउनेछ। सजिलै अरूको विश्वास जित्न सकिएला। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। पुँजी बजारबाट राम्रो सफलता हात पर्ला। तर, साँझमा भने केही पैसा खर्च हुन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad