धादिङको धुनीवेशी नगरपालिका–३ छत्रपार्टीस्थित सडकमा बा.३ क ३०५२ नम्बरको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
काठमाडौंबाट धार्केतर्फ जाँदै गरेको उक्त गाडी अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गाडीमा सवार रोल्पा परिवर्तन गाउँपालिका–५ बस्ने ३४ वर्षीय जीवन खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै, दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनाको वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
798
Shares

प्रतिक्रिया