समाज


नेपालखबरकर्मी सरोज बैजु नेपाली सेनाबाट पुरस्कृत

नेपालखबरकर्मी सरोज बैजु नेपाली सेनाबाट पुरस्कृत

नेपालखबर
माघ १५, २०८१ मंगलबार २२:०, काठमाडौँ

नेपालखबरका फोटो पत्रकार सरोज बैजु पुरस्कृत भएका छन्।

जङ्गी अड्डामा मंगलबारदेखि आयोजित ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को शुभारम्भका क्रममा प्रधानसेनापति अशोकराज सिग्देलले पत्रकार बैजुलाई पुरस्कृत गरेका हुन्।

सो अवसरमा नेपाली सेनाले फोटो प्रतियोगितामा उत्कृष्ट तीनजना गैरसैनिक फोटो पत्रकारलाई पुरस्कृत गरेको थियो।

गैरसैनिक फोटो पत्रकारतर्फ प्रवीन रानाभाट प्रथम, प्रतीमा राजभण्डारी द्वितीय र सरोज बैजु तृतीय तथा सैनिक फोटोग्राफरतर्फ प्राविधिक जमदार राजिव हेङ्गजु प्रथम भए। सो अवसरमा सेनाकै युनिटहरूमध्येबाट प्रथम पूर्वी पृतना हेडक्वार्टर, द्वितीय विकास निर्माण निर्देशनालय र तृतीय भएका युद्धकवच गण सम्मानित भए।


 
सोही अवसरमा प्रधानसेनापति सिग्देलले फोटो प्रतियोगिताको मूल्याङ्कन समितिमा रहेका राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्न श्रेष्ठ, फोटो पत्रकार वर्षा शाह र प्राविधिक सेनानी सुलभ श्रेष्ठ तथा इतिहास, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न तस्बिरको माध्यमबाट योगदान पुर्‍याएका सुनिल उलकलाई कदरपत्र प्रदान प्रदान गरेका थिए।
 
सेनाले तस्बिरको माध्यमबाट इतिहास, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न सैनिक तथा गैरसैनिक व्यक्तिको विशेष योगदानलाई कदर गर्दै फोटो प्रतियोगिता सञ्चालन गर्दै आएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad