समाज


सुनकोसी नदीमा खसेको अवस्थामा मोटरसाइकल भेटियो, यात्रु खोज्दै प्रहरी

मोटरसाइकलसँगै फेला परेको झोलामा भेटियो सर्लाही ठेगाना भएको ब्लुबुक
सुनकोसी नदीमा खसेको अवस्थामा मोटरसाइकल भेटियो, यात्रु खोज्दै प्रहरी

नेपालखबर
माघ १३, २०८१ आइतबार ११:१, काठमाडौँ

सिन्धुलीको सुनकोसी नदीमा खसेको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ। तर, यात्रु भने नभेटिएका प्रहरीले जनाएको छ। मोटरसाइकल चालक नदीमा बेपत्ता भएको आशंका गरिएको छ।

बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका- ७ स्थित सडकबाट ज १० प २६०४ नम्बरको मोटरसाइकल सुनकोसी नदीमा खसेको अवस्थामा फेला परेको हो। 

नदीमा डुबेको अवस्थामा आज बिहान मोटरसाइकल र झोला फेला परे पनि त्यसमा सवार यात्रुलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले जानकारी दिए। 

मोटरसाइकलसँगै फेला परेको झोलामा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर- ७ ठेगाना भएका युवकको ब्लुबुक पनि फेला परेको छ। 

‘झोलासँगैको ब्लुबुक र मोटरसाइकल नदीबाट निकालेका छौँ,’ इन्सपेक्टर चौरसियाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ ब्लुबुकमा उल्लेख नाम भने प्रहरीले खुलाएको छैन। 

दुर्घटना गएराति नै भएको अनुमान प्रहरीले गरेको छ। खुर्कोटस्थित इलाका प्रहरी कार्यालयले भने घटनाबारे आइतबार बिहान ८ बजे मात्रै जानकारी पाएको जनाएको छ। 

नदीमा बेपत्ता यात्रुको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको इन्सपेक्टर चौरसियाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad