कोशी


ताप्लेजुङ झडपः प्रहरीको गोली लागेका २ घाइतेलाई काठमाडौँ लाने तयारी

ताप्लेजुङ झडपः प्रहरीको गोली लागेका २ घाइतेलाई काठमाडौँ लाने तयारी

सुमन सुस्केरा
माघ १३, २०८१ आइतबार ११:१८, विराटनगर

ताप्लेजुङमा पाथीभरा केबुलकारको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा गोली लागेर गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि राजधानी काठमाडौँ लाने तयारी भइरहेको छ। 

पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच शनिबार साँझ झडप हुँदा चार जना घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ। 

गम्भीर घाइते ३ जनालाई उपचारका लागि विराटनगर ल्याइएको छ।

जसमा तेह्रथुमका यमबहादुर लिम्बु र पाँचथरको मिक्लाजुङ गाउँपालिका सगुन लावतीलाई प्रहरीको गोली लागेको हो। उनीहरूलाई विराटनगरबाट थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भइरहेको हो। 

सुरुमा प्रहरीले झडपमा गोली नहानेको दाबी गरे पनि आज ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोली चलेको स्वीकार गरेका हुन्। 

घाइतेमध्ये गोली लागेका दुई जनालाई सेनाको हेलिकप्टरबाट सुविधा सम्पन्न अस्पतालमा लानेगरी समन्वय भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए। अहिले भने घाइतेहरू विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत छन्। 

घाइतेमध्ये ताप्लेजुङको फुङलिङ नगरपालिकाका धर्म पालुङ्वा भने भाग्ने क्रममा लडेर घाइते भएको प्रमुख जिल्ला अधिकारी शर्माको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad