समाज


दक्षिण सुडान र इराकमा नेपाली शान्ति सैनिक फेरबदल

दक्षिण सुडान र इराकमा नेपाली शान्ति सैनिक फेरबदल

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १४:५३, काठमाडौँ

दक्षिण सुडान र इराकमा खटिएका नेपाली शान्ति सैनिकहरू फेरबदल गरिएको छ। त्यहाँ कार्यरत टोलीलाई फिर्ता गरेर दुवै ठाउँमा नयाँ टोली पठाइएको हो। 

राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि यी देशमा पनि नेपाली शान्ति सैनिक खटाइएको छ। दक्षिण सुडानमा फोर्स रिजर्भ बटालियनको रूपमा कार्यरत अरिदमन गण दशौँ डफ्फालाई बदली गर्न चण्डीप्रसाद गण ११ औँ डफ्फाका २१३ जना पठाइएको हो। प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन इलाकातर्फ टोली प्रस्थान गरिसकेको नेपाली सेनाले जानकारी दिएको छ। सेनानी खिमबहादुर अधिकारीको नेतृत्वमा माघ १० गते २१२ जना शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन्। 

हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी १ हजार ७५४ जना शान्ति सैनिकहरू कार्यरत छन्। 

यस्तै इराकमा तैनाथ गार्ड युनिट पनि फेरबदल भएको छ। प्रमुख सेनानी हिमालय थापाको कमान्डमा २१ जना शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेका छन्। त्यहाँबाट पनि बिहीबार नै आफ्नो कार्यकाल सम्पन्न गरी २१ सैनिकहरू स्वदेश फिर्ता भएका छन्। इराकमा हाल ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad