समाज


सशस्त्रका ४ महिला फुटबलर र क्रिकेटर जोरासहित १८ जनाको विशेष बढुवा

सशस्त्रका ४ महिला फुटबलर र क्रिकेटर जोरासहित १८ जनाको विशेष बढुवा

नेपालखबर
माघ ८, २०८१ मंगलबार २०:३, काठमाडौँ

सशस्त्र प्रहरी बलले १८ जनाको विशेष बढुवा गरेको छ। २४ औँ सशस्त्र प्रहरी दिवशका अवसरमा १५ जना खेलाडी, २ जना विपद उद्धारक र एक जना कला संस्कृतितर्फका कर्मचारीको बढुवा गरेको हो।

विशेष बढुवा हुनेमा चार जना महिला फुटबलर र क्रिकेटर सन्दीप जोरा समेत रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

राष्ट्रिय टोलीमा समेत नियमित सदस्य रहेका अनिता केसी, गीता राना, सरु लिम्बु र भगवती थापा बढुवा भएका हुन्। थापा वरिष्ठ हवल्दारमा बढुवा भएकी छन् भने अरु तीन जना फुटबलर र क्रिकेटर जोरा जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन्।

यस्तै धावक फुलमती राना र गोपिचन्द पार्की हवल्दारमा बढुवा भएका छन्।

भलिबल टोलिका हिरा केसी र कविता भट्ट, उसुका अशोक खालिङ र कविता थापा, ह्याण्ड बलकी बन्दना राई, करातेका महमद शेखुआलम र सञ्जय राई र कवड्डिकी रविना चौधरी सहायक हवल्दारमा बढुवा भएका छन्।

नेपाली कला संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान गरेको भन्दै सीताराम रानालाई पनि वरिष्ठ हवल्दारमा बढुवा गरिएको छ। विपद उद्धारतर्फ कहलसिंह विक र कमर गुरुङ सहायक हवल्दारमा बढुवा भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad