समाज


खेलकुद विविधतालाई जोड्ने कडी हो : प्रथम राष्ट्रपति यादव

खेलकुद विविधतालाई जोड्ने कडी हो : प्रथम राष्ट्रपति यादव

नेपालखबर
माघ ७, २०८१ सोमबार १८:६, काठमाडौँ

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिने बताएका छन्।

सोमबारबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सुरु भएको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी२० नेपाल कप क्रिकेटको उद्घाटन गर्दै उनले पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको बताए। 

खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी भन्दै यादवले क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न पनि मद्दत पुग्ने विश्वास गरे।

‘संसार आज आक्रान्त छ, तपाईंहरुले क्लाइमेट चेन्जको बारेमा थाहा पाउनु नै भएको छ,’ उनले भने, ‘खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिन्छ। पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको छ। यसले संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडीको रुपमा सहयोग गर्नेछ। क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्नेछ।’

फरक प्रसंगमा प्रथम राष्ट्रपति यादवले अहिले जलवायु परिवर्तनको असर कम गर्न, लागुऔषध नियन्त्रणमा लाग्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad