भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजकी प्रशिक्षार्थी महिला डाक्टरको बलात्कारपछि हत्या गर्नेलाई अदालतले सोमबार आजीवन कारावासको सजाय सुनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले शनिबार दोषी ठहर गरेका सञ्जय रोयलाई उक्त मुद्दामा सजाय सुनाएको हो।
अदालतले दोषी सञ्जय रोयलाई मृत्यु नहुन्जेल जेलमै रहनुपर्ने फैसला गरेको छ।
साथै सञ्जयलाई ५० हजार रुपैयाँ जरिवाना पनि लगाइएको छ।
न्यायाधीशले राज्य सरकारलाई पीडित परिवारलाई क्षतिपूर्तिस्वरूप १७ लाख रुपैयाँ तिर्न पनि आदेश दिएको छ।
२०२४ अगस्ट ९ मा अस्पतालको सभाहलमा ३१ वर्षीया महिला प्रशिक्षार्थी डाक्टर मृत फेला परेकी थिइन्।
अनुसन्धानबाट उनलाई पहिले बलात्कार गरिएको र त्यसपछि हत्या गरिएको पत्ता लागेको थियो।
उक्त घटनापछि कोलकातामा प्रदर्शन भएको थियो र राज्यमा स्वास्थ्य सेवा दुई महिनाभन्दा बढी समयसम्म ठप्प भएको थियो।
Shares

प्रतिक्रिया