ad ad

समाज


घोडेजात्रा, सेतो मछिन्द्रनाथ जात्रा नमनाउन महानगरको अपिल

घोडेजात्रा, सेतो मछिन्द्रनाथ जात्रा नमनाउन महानगरको अपिल

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १०:४८,

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रासबाट मुलुक नै भयभीत भइरहेको अवस्थामा अहिले नजिक आइरहेका पाहाँचःहे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरू नमनाउन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ।

निकै ठूलो जनसहभागितामा मनाउने परम्परा रहिआएकोमा अहिले विषम परिस्थितिमा यसरी भीडभाडकासाथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको बिधिलाई यथावत राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन मयेर विद्यासुन्दर शाक्यले अपिल गरेका छन्।

उनले भनेका छन्,‘काठमाडौं महानगरपालिका सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने पनि उत्तिकै दायित्व छ। विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको पनि विशिष्ट महत्व रहिआएको छ। तर पनि विष परिस्थििति रहेकोले नमनाउन हार्दिक अपिल गदछु।’

त्यति मात्र होइन, यहाँ विभिन्न धर्म, संस्कृति मान्ने समुदायको पनि बाहुल्यता रहेको छ। मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा गएर आआफ्नो परम्परा अनुसार जमघट गर्ने चलन पनि रहिआएको छ । तर यस्तो अवस्थामा ती धार्मिकस्थलहरूमा धेरै भीडभाड हुँदा संक्रमण सर्न सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानहरूमा समेत भीडभाड नगरीदिन महानगरले अपिल गरेको छ।

याे पनि: सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थगित

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी महानगरभरि नै जनचेतनामूलक अभियान सञ्चालन गर्ने जानाकारी समेत गराएको छ।

आफू वरपर कसैलाई कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) तथा महानगरको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिन अनुरोध गगरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .