ad ad

समाज


आर्यघाटमा मलामी पनि २५ जनाभन्दा बढी जान नपाइने

आर्यघाटमा मलामी पनि २५ जनाभन्दा बढी जान नपाइने

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १०:४२,

पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्र वरपर २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। कोषका सदस्य सचिव डा. प्रदीप ढकालले नेपालखबरसँग कुरा गर्दै कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सरकारको निर्देशनलाई कार्यान्वयन गरिएको जानकारी दिएका हुन्।

उनले नेपालखबरसँग भने, ‘सरकारले सतर्कताका लागि जारी गरेको निर्देशन लागू गराइरहेका छौँ।’

केही दिनअघि मात्रै सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सामाजिक तथा सांस्कृतिक र अन्य त्यस्तै कार्यहरु हुने पार्टीप्यालेस, मठमन्दिर, चर्च, गुम्बा, मस्जिदजस्ता धार्मिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसलाई भेला हुन बन्द गर्ने निर्णय गरेको थियाे। 

सोहीअनुसार पशुपतिको आरतिमा समेत २५ जनाभन्दा बढी भीड जम्मा हुन नदिइएको उनले बताए। दर्शन गर्न आउने भक्तजनलाई समेत १–२ मिटरको दूरीमा राखिएको उनको भनाइ छ। यसका लागि कोषले सुरक्षाकर्मी समेत खटाएको छ।

कोषमातहत नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषकै गरी कुल २ सय सुरक्षाकर्मी रहेको ढकालले बताए। ‘उहाँहरु परिचालित नै हुनुहुन्छ’, उनले भने, ‘सबै व्यवस्थापन मिलाएका छौँ, आएकालाई पनि दूरीमा रहन भनेका छौँ।’

त्यसो त पशुपतिमा दर्शन गर्न आउने भक्तजनमा समेत कमी आइरहेको उनले जानकारी दिए। पशुपतिमा हुने पूजाआजा र नियमित आरति नरोकिए पनि भीडभाड भने हुन नदिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .