ad ad

समाज


कोरोना असरः ट्राफिकको कक्षा बन्द, मापसे चेक पनि नहुने

कोरोना असरः ट्राफिकको कक्षा बन्द, मापसे चेक पनि नहुने

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ७:३६,

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण महानगरीय ट्राफिक प्रहरी महाशाखाले सचेतना कक्षा र मादक पदार्थ सेवन (मापसे) चेकजाँच बन्द गरेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले भाइरस संक्रमणको कारण मापसे, लेन अनुशासन उल्लंघन, सवारी दुर्घटना गरी सवारी चलाउने चालकमाथि गरिँदै आएको कारबाहीअन्तर्गतको सचेतना कक्षा बन्द गरेको जानकारी दिए।

हाललाई यो कक्षा बन्द गरिएको हो। महाशाखाका प्रमुख ढकालले भने, ‘मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिदै आएको सचेतना कक्षा हाललाई स्थगित गरिएको छ ।’

ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ। त्यस्तै अत्यावश्यक अवस्थामा बाहेक मापसे चेकिङ पनि बन्द गरिएको छ।

त्यस्तै सार्वजनिक सवारी साधनलाई कोभिड – १९ (कोरना) भाईरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको तथा सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको अनुगमन आजदेखि तीव्र पारेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .