ad ad

समाज


देशभरका अदालतहरु चैत २२ गतेसम्म बन्द हुने

देशभरका अदालतहरु चैत २२ गतेसम्म बन्द हुने

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ७:३४,

सर्वोच्च अदालतमा शुक्रबार बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्नका लागि आइतबारदेखि दुई सातका लागि देशैभरका अदालतहरु बन्द हुने भएको हुन्।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवाराको अध्यक्षतामा शुक्रबार बसेको पूर्ण बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि सबै अदालत बन्द गर्ने निर्णय गरेको हो।

बन्दको समयमा पनि बन्दी प्रत्यक्षीकरणका रिटहरु भने नरोकिने बताइएको छ। बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने निर्णय गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

अदालतमा धेरै सेवाग्राहीको भीडभाड हुने कोरोनाको संक्रमणको सम्भावना हुने हुँदा संक्रमणको सम्भावना न्यूनीकरण गर्न माग गरिएको थियो। सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .