समाज


काठमाडौँका साँघुरा गल्लीमा आगलागी नियन्त्रणका लागि ‘ड्राइराइजर’ जडान

काठमाडौँका साँघुरा गल्लीमा आगलागी नियन्त्रणका लागि ‘ड्राइराइजर’ जडान

नेपालखबर
माघ २, २०८१ बुधबार ८:१४, काठमाडौँ

काठमाडौँ महानगरपालिका क्षेत्रका दमकल जान नसक्ने साँघुरा गल्लीमा आगलागी हुँदा तुरुन्तै पानी प्राप्त गर्ने प्रणाली ‘ड्राइराइजर’ जडान गरिएको छ।

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा यस्तो प्रणाली जडान गरेको हो।

आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सक्ने गरी राखिएको सुख्खा पाइप लाइन नै ‘ड्राइराइजर’ हो। 

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ। यदि साँघुरा गल्लीमा आगलागीका घटना भए यी पाइपलाइनबाट तुरुन्तै सम्बन्धित ठाउँमा पानी पुर्याएर आगलागी निभाउन सकिने महानगरले जनाएको छ।

महानगरको विपद् व्यवस्थापन विभागले सम्बन्धित वडा कार्यालयहरुसँग मिलेर ड्राइराइजर जडान गरेको हो।

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागनी नियन्त्रणमा यसले सहयोग पुग्ने महानगरको विपद् व्यवस्थापन विभागले जनाएको छ।

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ। यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिन्छ। दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनकाबीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ। यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिने महानगरले जनाएको छ ।

दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा साततलेसम्म अग्लो भवनमासमेत आगो निभाउन सकिने महानगरले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad