ad ad

समाज


हिसानले पाँच हजारलाई राख्न मिल्ने क्वारेन्टाइन बनाउने

हिसानले पाँच हजारलाई राख्न मिल्ने क्वारेन्टाइन बनाउने

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ६:१,

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय स‌ंघ (हिसान)ले कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राखेर आवश्यक परेको समयमा आफ्नो शिक्षालयमा पाँच हजार जनालाई राख्न मिल्ने क्वारेन्टाइन बनाउन दिने भएको छ।

हिसानको बिहीबारको आकस्मिक बैठकले कोरोना भाइरसबाट प्रभावितलाई राख्न क्वारेन्टाइनको आवश्यकता परेमा सरकारसँगको समन्वयमा उपयुक्त भैतिक पूर्वाधार भएका हिसान मातहतका स्कुल तथा कलेजमा तत्काल त्यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हिसानका सचिव रामहरी सिलवालले जानकारी दिए। उनले ठूला संरचना भएका कलेजका फर्निचर बाहिर राखेर कक्षाकोठा र हलमा क्वारेन्टाइन बनाउन मिल्ने बताए।

हिसानले संक्रमणबाट बच्ने उपायको सचेतना तथा अन्य आवश्यक कार्यका लागि सरकारी निकाय र अन्य संस्थासँग समन्वयका लागि आफ्ना जिल्ला कार्यसमितिलाई पनि आग्रह गरेको छ।

सरकारले यही चैत मसान्तभित्र कुनै भेला, सम्मेलन आयोजना नगर्न आग्रह गरेको स्थितिमा हिसानले आगामी वैशाखमा हुने तय गरेको दोस्रो हिसान अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, भेला र अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ। सरकारको निर्णयका आधारमा चैत मसान्तसम्म सबै शैक्षिक गतिविधि, परीक्षा र तालिम बन्द भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .