ad ad

राजनीति


बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ६:१४,

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री आली र प्रचण्डबीच भेटवार्ता सुरु भएको हो।

कोरोनाको प्रकोप रोकथामका लागि भन्दै नेता, कार्यकर्ता र सर्वसाधारणलाई नभेट्ने बताएका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्नका लागि शुक्रबार बिहान साढे ११ बजे बालुवाटार पुगेका हुन्। अहिले दुबै अध्यक्ष छलफलमा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

'प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच अहिले बालुवाटरमा छलफल भइरहेको छ’, सल्लाहकार थापाले नेपालखबरसँग भने। उनले पार्टी एकताका बाँकी काम र अन्य समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिए।

दोस्रोपटक मिर्गौलाको प्रत्यारोपणपछि प्रधानमन्त्री ओली अहिले निवासमै स्वास्थ्यलाभ गरिरहेका छन्। यसअघि अध्यक्ष प्रचण्डले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना समेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .