ad ad

समाज


प्रदेश २ मा सवारीसाधनलाई समयकार्ड, कहाँदेखि कहाँसम्म कति समय?

प्रदेश २ मा सवारीसाधनलाई समयकार्ड, कहाँदेखि कहाँसम्म कति समय?

शैलेन्द्र महतो
चैत ७, २०७६ शुक्रबार ५:३६,

तीव्र गतिका कारण हुने दुर्घटना कम गर्न ट्राफिक प्रहरीले प्रदेश २ मा सवारीसाधनलाई समयकार्ड लागू गरेको छ।

शुक्रबारदेखि पूर्वपश्चिम राजमार्गमा गुड्ने लामो दुरीका यात्रुबाहेक बस, कार, ट्रक, टिपर, पिकअपलगायत सवारीसाधनलाई ट्राफिक प्रहरीले समयकार्ड लागू गरेको हो।

तीव्र गतिकै कारण अधिकांश दुर्घटना हुने गरेकाले त्यस्ता सवारीसाधनको गतिमाथि लगाम कस्न प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले समयकार्डको प्रावधान ल्याएको प्रदेश ट्राफिक प्रहरी प्रमुख श्याम कुशवाहाले बताए।

प्रदेश २ को आठवटै जिल्लामा शुक्रबार ट्राफिक प्रहरीले छुट्टाछुट्टै कार्यक्रम गरी समयकार्ड लागु गरेको छ।

सिरहाको लहानमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक कार्यक्रम आयोजना गरी समयकार्ड लागु गरेको सिरहा ट्राफिक प्रहरी प्रमुख खगेन्द्र एक्टेनले जानकारी दिए।

सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले समयकार्ड लागु गरेको हो।
कहाँदेखि कहाँसम्म कति दुरी र समयमा पार गर्ने?

Police Timecard 1

सप्तरीको भारदहदेखि सम्भुनाथसम्म ३२ किलोमिटर ४२ मिनेट, सम्भुनाथदेखि सिरहाको लहानसम्म २५ किलोमिटर ३३ मिनेट, लहानदेखि सिरहाकै बन्दीपुरसम्म ४० किलोमिटर ५२ मिनेट तोकिएको छ।

यस्तै बन्दीपुरदेखि धनुषाको लालगढसम्म २९ किलोमिटर ३८ मिनेट, लालगढदेखि सर्लाहीको कर्मैया ५० किलोमिटर १ घण्टा, कर्मैयादेखि बाराको निजगढसम्म ३१ किलोमिटर ४५ मिनेट, निजगढदेखि

पथलैया २१ किलोमिटर ३० मिनेट र पथलैयादेखि अमलेखगञ्ज ८ किलोमिटर १२ मिनेट सवारीसाधनले पार गर्नुपर्ने तालिक निर्धारण गरिएको छ।

उता धनुषाको लालगढदेखि पृथ्वी राजमार्गको सिन्धुलीको भिमानसम्म २२ किलोमिटर ३५ मिनेट निर्धारण गरिएको समयकार्डमा उल्लेख छ।

तीव्र गतिमा गाडी चलाउन नपाउने र सवारीसाधन चलाउँदा मोबाइल प्रयोग नगर्न, सीट संख्याभन्दा बढी यात्रु बोक्न नपाउने, सडकमा जथाभावी पार्किङ र बाटो नकाट्न, जथाभावी ओभरटेक नगर्न, अनिवार्य बिलबुक तथा लाइसेन्स लिएर सवारी चलाउनु पर्ने लगायतको नियम ट्राफिक प्रहरीले समयकार्डसँगै लागु गरेको छ।

ट्राफिक प्रहरीले समयकार्डसँगै लागु गरेको नियम पालना नगर्ने र जथाभावी गर्ने सवारीचालकलाई ट्राफिक नियमअनुसार कारबाही हुने प्रदेश ट्राफिक प्रहरी प्रमुख श्याम कुशावाहाले बताए।

timecard

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .