ad ad

समाज


म्याग्दी जिप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत पोखरा ल्याइयो

म्याग्दी जिप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत पोखरा ल्याइयो

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ५:१०,

 म्याग्दीको रघुगंगा गाउँपालिकामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

शुक्रबार बिहान रघुगंगा गाउँपालिका ४ को दन्गाममा ग २ च ५९८८ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। धाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।

दुर्घटनामा ९ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए।

प्रजिअ ढकालका अनुसार दुर्घटनामा घाइतेहुनेहरुमा युवी गर्वुजा, सुकमाया गर्वुजा, मनबहादुर तिलिजा, बर्षा शेरपुञ्जा, हमाया पुन, साविना शेरपुञ्जा, मिञ्जा पुन र भदेवी गर्बुजा घाइते भएका हुन्। घाइतेमध्ये मिञ्जा र भदेवीको अवस्था गम्भीर रहेको र उनीहरुलाई हेलिकोप्टरमार्फत पोखराको मणिपाल अस्पतालमा पठाइएको प्रजिअ ढकालले जानकारी दिए।

‘दुर्घटनामा ९ जना घाइते हुनुभएको छ। गम्भीर घाइते ९ वर्षीया मिञ्जा पुन र ४१ वर्षीया भदेवी गर्बुजालाई बेनी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखराको मणिपाल अस्पताल पठाइएको छ’, नेपालखबरसँग कुरा गर्दै प्रजिअ ढकालले भने।

भिरालो ठाउँमा रोकिराखेको जीप एक्कासी चिप्लेर दुर्घटना भएको र दुर्घटनाको समयमा चालक जिपमा नभएको जिल्ला प्रहरी कार्यालय उनले जानकारी दिए

अन्य घाइतेहरुमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम खालको रहेको र उनीहरुको बेनी अस्पतालमै उपचार भइरहेको उनले बताए। उद्धारपछि दुर्घटनका बारेमा थप अनुसन्धान गरिरहेको उनको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .