ad ad

समाज


भरतमोहन फाउन्डेसनद्वारा वृद्धाश्रममा मास्क र सेनिटाइजर वितरण

भरतमोहन फाउन्डेसनद्वारा वृद्धाश्रममा मास्क र सेनिटाइजर वितरण

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ४:५३,

भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले वृद्धावृद्धालाई मास्क तथा सेनिटाइजर वितरण गरेका छन्।

विविध सामाजिक कार्यमा सक्रिय रहँदै आएको भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने उद्देश्यले राजधानीमा वृद्धाश्रमहरुमा मास्क तथा हात धुने सामग्रीको वितरण सुरु गरेको हो।

फाउन्डेसनले शुक्रबारबाट त्यस्तो अभियान सुरु गरेको हो। फाउन्डेसनकी कार्यसमिति सदस्य लीमा अधिकारीले शान्तिनगरस्थित निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृह र बुढानीलकण्ठ गोल्फुटारमा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका ५० जना वृद्धवृद्धालाई मास्क, स्यानिटाइजर तथा साबुन वितरण गर्नुका साथै हात धुने वैज्ञानिक तरिकाबारे जानकारी दिएको बताइन्।

चीनको वुहान सहरबाट सुरु भएर विश्वभर फैलँदै गरेको उक्त रोगबाट वृद्धवृद्धा बढी प्रभावित भएको र मृत्यु हुनेमा पनि वृद्धवृद्धा नै बढी रहेको तथ्याङ्क सार्वजनिक भइरहेकाले आफूहरुको ध्यान वृद्धाश्रममा गएको अधिकारीले उल्लेख गरिन्। आफ्नो स्वयंसेवक टोलीमा विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) बाट मान्यताप्रप्त विशेषज्ञ स्वास्थ्यकर्मी पवित्रा सापकोटासमेत संलग्न रहेको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनका अनुसार कोरोना संक्रमणको त्रास रहुञ्जेल सचेतनामुलक गतिविधि जारी राखिने छ। फाउन्डेसनले उपत्यकाका तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सबै वृद्धाश्रममा सामग्री वितरण गर्ने योजना बनाएको छ।

‘हामी सामग्रीसहित वृद्धाश्रम पुग्दा वृद्धवुद्धाहरु धेरै खुसी हुनुभयो’, अधिकारीले भनिन्, ‘अहिलेसम्म राज्य वा अरु निकायबाट कोही पनि नगएको गुनासो उहाँहरुले गर्नुभयो।’

दिवंगत पूर्वअर्थमन्त्री एवं कम्युनिष्ट नेता भरतमोहन अधिकारीको नाममा स्थापित फाउन्डेसन सामाजिक कार्यमा सक्रिय छ। अर्थमन्त्री भएका बेला सामाजिक सुरुक्षा भत्ता दिन सुरु गरेका कारण अधिकारी वृद्धवृद्धामाझ लोकप्रिय थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .