समाज


रविविरुद्ध सरकारी वकिलको बहस सकियो, जाहेरवालाको सुरु

रविविरुद्ध सरकारी वकिलको बहस सकियो, जाहेरवालाको सुरु

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८१ सोमबार १४:३६, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहसमा सरकारी वकिलले बहस सकाएका छन्। 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा चलेको बहसमा सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापा लगायतले बहस गरेका हुन्। 

सरकारी वकिलले बहस सकेपछि जाहेरवालाको बहस सुरु भएको छ। जाहेरवालाको पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन्। 

पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ अदालतमा आफैँ उपस्थित हुन पुगेका थिए।

आइतबारै बयान सकिए पनि बहस हुन सकेन। जसले गर्दा अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad