शान्ति सुरक्षाको माग गर्दै कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
काठमाडौँ महानगरपालिकाले पछिल्लो समयमा कानुन विपरित कवाड व्यवसायीलाई दुख दिने गरेको भन्दै आइतबार उनीहरुले शान्ति सुरक्षाको माग राखेर प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाएका हुन्।
कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा कवाड व्यवसायीले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘काठमाडौँ महानगरले वातावरण फोहर गरेको, आगलागी घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ। कवाड व्यवसायीका समान जफत गरेको अवस्था छ। व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको छ।’
समितिका अध्यक्ष गुप्ताको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा कवाड व्यवसायीका नेताहरु सरोज श्रेष्ठ, सुरेश साह, कृष्ण यादव, श्याम यादव लागयतको सहभागिता रहेको थियो।
Shares

प्रतिक्रिया