समाज


काठमाडौँ अदालतमा रविको बयान सुरु

काठमाडौँ अदालतमा रविको बयान सुरु

नेपालखबर
पुस २८, २०८१ आइतबार १२:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालतमा सुरु भएको छ। 

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा  जिल्ला अदालतमा आफैँ हाजिर भएको उनको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास तोकिएको छ। 

बयानका लागि उनी बिहान ९ बजे नै अदालमा उपस्थित भएका थिए। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुगेका रवि भोलिपल्ट बिहानै काठमाडौँ जिल्ला अदालत हाजिर भएका हुन्। 


स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ।

ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad