नेपाल उद्योग वाणिज्य महासंघको यही चैतमा हुने भनिएको निर्वाचन जेठमा सरेको छ। महासंघका सचिवालय महानिर्देशक धरणीधर खतिवडाले यही चैत २८ गतेलाई तय भएको निर्वाचन मिति सरेको नेपालखबरलाई जानकारी दिएका हुन्।
उनका अनुसार आगामी जेठ ७ र ८ गते निर्वाचनको नयाँ मिति घोषणा गरिएको छ। महासंघको बिहीबार बसेको कार्यसमिति बैठकले वार्षिक साधारणसभा सार्ने निर्णय गरेको हो।
साधारणसभामा नै निर्वाचन हुने गर्छ। हाल महासंघको अध्यक्ष भवानी राणा छिन्। निर्वाचनसँगै शेखर गोल्छा महासंघको अध्यक्ष हुँदै थिए।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तीन जना, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरुको चयन सोही निर्वाचनबाट हुने भए पनि यी सबै कार्यक्रम सरेको छ।

प्रतिक्रिया