समाज


ताप्लेजुङ र संखुवासभाको उच्च भूभागमा हिमपात

ताप्लेजुङ र संखुवासभाको उच्च भूभागमा हिमपात

सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा करिब दुई हजार ९ सय मिटर उचाइस्थित गुफापोखरी क्षेत्रमा भएकाे हिमपात


नेपालखबर
पुस २४, २०८१ बुधबार ९:४७, काठमाडौँ

ताप्लेजुङ र संखुवासभाका उच्च हिमाली क्षेत्रमा सामान्य वर्षासँगै मंगललबार साँझदेखि हिमपात भएको छ। पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। 

हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हवल्दार मिलन कटुवालले जानकारी दिए। 

यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो। हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो। समान्य वर्षा र हिमपात हुन शुरु भएपछि भने केही राहत पुग्ने किसानले बताएका छन्।

केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।

त्यसैगरी सङ्खुवासभामा पनि हिमपात भएको छ। चैनपुर नगरपालिका १ मा करिब दुई हजार ९ सय मिटर उचाइस्थित गुफापोखरी क्षेत्रमा हिमपात हुँदा सेताम्मे देखिएको छ।  

जिल्लाको गुफा, मङ्गलबारे, किमाथाङ्का लगायत माथिल्लो भेगमा मङ्गलबार रातिदेखि हिमपात भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad