समाज


तीन दिनमा झन्डै ३ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम (सूची)

तीन दिनमा झन्डै ३ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम (सूची)

नेपालखबर
पुस २४, २०८१ बुधबार १०:५०, काठमाडौँ

केही दिन निरन्तर बढिरहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम फेरि घट्न थालेको छ। 

मंगलबार ७ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम बुधबार (आज) ५.५ डिग्री सेल्सियसमा झरेको हो। 

यसअघि गत सोमबार उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री थियो।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ५ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी विमानस्थलमा १४.८ डिग्री सेल्सियस छ। 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया न्यूनतम तापक्रम बिहान ८:४५ तथा अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम साँझ मात्र आउनेछ।   

हेर्नुहोस् देशका विभिन्न स्थानको तापक्रम विवरण (नोट: न्यूनतम आजका हुन् भने अधिकतम हिजैका)   

हिजो मंगलबारको न्यूनतम तापक्रम यस्तो थियो-

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रह्यो भने बढ्छ। फेरि यसको ठीक उल्टो दिनमा चाहिँ आकाशमा बादल लाग्यो भने घाम देखिन नपाउने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा भयो भने बढछ्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad