समाज


राति यी पाँच प्रदेशमा हिमपात र वर्षाको सम्भावना

राति यी पाँच प्रदेशमा हिमपात र वर्षाको सम्भावना

केही दिनअघि हुम्लामा भएको हिमपात


नेपालखबर
पुस २२, २०८१ सोमबार २०:१५, काठमाडौँ

आज (सोमबार) राति देशका पाँच प्रदेशका विभिन्न स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति कोसी प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने बागमती प्रदेशको हिमाली क्षेत्रका पनि एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै गण्डकी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने कर्णाली प्रदेशको हिमाली क्षेत्रका पनि थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

साथै कर्णालीको पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

यसैगरी सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad