ad ad

समाज


कोरोनाले ग्रस्त ८० वर्षमाथिका नागरिकलाई इटलीमा आइसीयूमा नराखिने

कोरोनाले ग्रस्त ८० वर्षमाथिका नागरिकलाई इटलीमा आइसीयूमा नराखिने

नेपालखबर
चैत ६, २०७६ बिहिबार ८:२८,

इटलीमा दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृतकको संख्या पनि बढ्दै गएको छ। यस्तोमा कोरोनाको आशंका गरिएका व्यक्तिहरु धेरै भएपछि अस्पतालमा बेड पाउन छाडिएको छ।

टेलिग्राफका अनुसार हालै इटलीको नागरिक सुरक्षा संकट व्यवस्थापक एकाइले एक दस्तावेज तयार पारेका छन् जसमा ८० वर्षमाथिकालाई आइसीयूमा नराखिने प्रस्ताव अगाडि सारिएको छ।

यस्तै आइसीयूमा बस्न नचाहनेलाई मर्न छाडिने पनि दस्तावेजमा लेखिएको जनाइएको छ।

अधिकारीहरुका अनुसार कोरोनाले संक्रमित बनेका मानिसहरुलाई सघन कक्षमा राख्ने कि नराख्ने भन्ने संक्रमितको रोग प्रतिरक्षा प्रणालीलाई समते आधार मानिनेछ।

इटली चीनपछि कोरोनाबाट सबैभन्दा बढी ग्रस्त मुलुक हो। त्यहाँ हालसम्म ३५ हजार ७१३ जना संक्रमित बनिसकेका छन्। मृतकको संख्या २९ सय ७८ पुगिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .