फेरि पुस २२ र २३ गते देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार सोमबार साँझबाट सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थाानमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना पनि छ।
मंगलबार कोसी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका भने थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ। मौसमविद्का अनुसार थोरै ठाउँभन्दा केही ठाउँ भनेको अलि धेरै स्थान हो।
यस्तै मंगलबार कोसी, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् पुडासैनीले बताएका छन्। साथै देशका बाँकी भूभागका पनि एक–दुई स्थानमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ।
वर्षा र हिमपातका कारण सोमबार र मंगलबार चिसो बढ्ने सम्भावना पनि रहेको मौसमविद् पुडासैनीले जानकारी दिएका छन्।
सुन्नुहोस् यो भिडिओ-
Shares

प्रतिक्रिया