बागमती


काठमाडौँमा न्यूनतम तापक्रम ह्वात्तै बढ्दा अधिकतम स्वाट्टै घट्यो

काठमाडौँमा न्यूनतम तापक्रम ह्वात्तै बढ्दा अधिकतम स्वाट्टै घट्यो

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
पुस २१, २०८१ आइतबार २०:४३, काठमाडौँ

आज (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै बढ्दा अधिकतम तापक्रम भने स्वाट्टै घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियसमा उक्लिँदा अधिकतम तापक्रम भने १७ डिग्री सेल्सियसमा झरेको छ। 

यसअघि हिजो शनिबार उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सिसय थियो भने अधिकतम १९.५ डिग्री सेल्सियस थियो। हिजोको तुलनामा न्यूनतम १.३ डिग्री सेल्सियस बढ्दा अधिकतम तापक्रम भने २.५ डिग्री सेल्सियस घटेको हो। 

मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम मापन गर्ने बेला तापक्रम बढ्छ, राति आकाश सफा रह्यो भनेचाहिँ न्यूनतम तापक्रम घट्छ। 

यसको ठीक उल्टो दिनमा चाहिँ आकाश बादलले ढाक्यो भने घाम लाग्न नपाएर अधिकतम तापक्रम घट्छ। काठमाडौँ उपत्यकामा आज दिनभर घाम लाग्न पाएको थिएन।  

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया न्यूनतम तापक्रम बिहान ८:४५ तथा अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

जसका कारण न्यूनतम तापक्रम बढ्दा बिहानको चिसो कम हुन्छ भने अधिकतम तापक्रम घट्दा दिउँसो र बेलुकीपख जाडो बढ्छ। 

हेर्नुहोस् देशका विभिन्न स्थानको तापक्रम विवरण-

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad