युट्युबर मनोज मानव भनेर चिनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार महतोलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरिएको हो।
सिराहा घर भएका महतोलाई पुस १९ गते काठमाडौँमा पक्राउ गरिएको एसपी अधिकारीले बताए।
यसअघि महतो गत वर्ष पनि विद्युतीय अपराध ऐनविपरीतको कसुर गरेको आरोपमा पक्राउ परी छुटेका थिए।
642
Shares

प्रतिक्रिया