समाज


‘अग्निमाया जोशी समाज सेवा पुरस्कार’ रामकली खड्कालाई

‘अग्निमाया जोशी समाज सेवा पुरस्कार’ रामकली खड्कालाई

नेपालखबर
पुस २१, २०८१ आइतबार १०:२४, काठमाडौँ

‘अग्नीमाया जोशी समाज सेवा पुरस्कार’ रामकली खड्कालाई प्रदान गरिएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा समाजसेवी खड्कालाई सो पुरस्कार प्रदान गरिएको हो।

खड्का पोखरा कार्यक्षेत्र बनाएर बिगत पचास वर्षदेखि समाज सेवामा सक्रिय छिन्।

२०८० मंसिर १ गते सडक दुर्घटनामा जीवन गुमाएकी अग्नीमाया जोशीका नाममा स्थापित ‘अग्निमाया जोशी समाज कल्याण पुरस्कार’ वितरण कार्यक्रम  पोखरेली दिदी बहिनी समूह, काठमाडौँको आयोजनामा भएको हो।

आफ्नी धर्मपत्नीको असामयिक देहावसानपछि उनका पति श्यामशंकर जोशीले एकमुष्ठ ६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। उक्त अक्षयकोष पोखरेली दिदीबहिनी समूहले सञ्चालन गर्दै आएको छ। 

कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधीश सारंगा सुवेदीले खड्कालाई पुरस्कार रकम हस्तान्तण गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad