बागमती


काठमाडौँको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसभन्दा माथि

काठमाडौँको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसभन्दा माथि

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
पुस २१, २०८१ आइतबार १०:४४, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियसमा उक्लिएको हो। 

यसअघि शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सिसय थियो भने शुक्रबार ५.७ डिग्री सेल्सियस थियो।

मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम मापन गर्ने बेला तापक्रम बढ्छ, राति आकाश सफा रहेको दिनचाहिँ घट्छ। 

यसको ठीक उल्टो दिनमा चाहिँ आकाश बादलले ढाक्यो भने घाम लाग्न नपाएर अधिकतम तापक्रम घट्छ। 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया न्यूनतम तापक्रम बिहान ८:४५ तथा अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।    

मौसम महाशाखाको विवरणअनुसार आज सबैभन्दा बढी न्यूनतम तापक्रम जनकपुरमा १२.५ डिग्री सेल्सियस तथा सबैभन्दा कम जुम्लामा माइनस ३.१ डिग्री सेल्सियस छ।

देशका अन्य स्थानमा तापक्रमको अवस्था के छ, हेर्नुहोस् तलको सूची-

नोटः अधिकतम तापक्रम भने हिजो शनिबारकै हुन्। किनभने आजको अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad