हङकङमा अर्को हप्ताबाट ‘ब्रेस्ट मिल्क बैंक’ सञ्चालन हुने

‘शिशु चिकित्सा सेवामा कोसेढुङ्गा’
हङकङमा अर्को हप्ताबाट ‘ब्रेस्ट मिल्क बैंक’ सञ्चालन हुने

‘ब्रेस्ट मिल्क बैंक’ जनवरी ६ बाट सञ्चालनमा आउनेछ (द स्ट्यान्डर्ड)


नेपालखबर
पुस १८, २०८१ बिहिबार १३:२५, हङकङ

हङकङ ब्रेस्ट मिल्क बैंक (एचकेबीएमबी)ले जनवरी ६ बाट ब्रेस्ट मिल्क बैंक सञ्चालन गर्ने भएको छ।

यो बैंकमा वार्षिक एक हजार लिटर ब्रेस्ट मिल्क (स्तन दूध) संकलन गर्ने लक्ष्य रहेको अस्पताल प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यसबाट वार्षिक ४५० देखि ६०० जना समयपूर्व जन्मेका वा बिरामी नवजात शिशुलाई सहयोग गर्न सकिनेछ।

यसका लागि एचकेबीएमबीले दातामार्फत ब्रेस्ट मिल्क संकलन गर्नेछ र मार्चदेखि आवश्यकता परेका नवजात शिशुलाई दूध प्रदान गर्नेछ।

दाताबाट दूध स्वीकार गर्नका लागि एचकेबीएमबीका केही शर्त रहनेछन्। जस्तै, दाताले स्तनपान गराइरहेको हुनुपर्छ, उनीहरूका बच्चा एक वर्षमुनिका हुनुपर्छ।

यी प्रक्रिया पूरा भएका दाता दर्ता भएपछि उनीहरूलाई अन्तर्वार्ता, मूल्याङ्कन प्रश्नावलीमा समावेश गराइनेछ र रगत परीक्षण गरिनेछ।

एचकेबीएमबीले योग्य दाताबाट प्राप्त दूध सङ्कलन गर्न कुरियरको व्यवस्था गर्नेछ। दाताले आफ्नै घरबाट आरामपूवर्क सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्नेछन्।

सङ्कलन गरिएको दूध ९ सार्वजनिक अस्पतालमा आपूर्ति गर्नुअघि पाश्चराइजेसन, माइक्रोबायोलोजिकल परीक्षण र पोषण विश्लेषणसहितको प्रणालीबाट प्रशोधन गरिनेछ।

दूध बैंकको स्थापनाले नवजात शिशु चिकित्सा सेवामा कोसेढुङ्गाको काम गर्ने एचकेबीएमबीकी निर्देशक रोजाना वङ बताउँछिन्।

‘बच्चाहरूलाई आमाको दूध उत्तम खाना हो। जसले पोषण र बहुस्वास्थ्य लाभ प्रदान गर्दछ,’ वङले भनिन्, ‘तर, समयपूर्व जन्मेका वा गम्भीर रूपमा बिरामी नवजात शिशुका केही आमाले विभिन्न कारणवश स्तनपान गराउन सक्दैनन्। त्यसैले, हाल स्तनपान गराइरहेका योग्य आमालाई उदारतापूर्वक आफ्नो दूध दान गर्न आग्रह गर्दछु। जसबाट यी बच्चाले पनि पर्याप्त पोषण प्राप्त गर्न सकून्।’

दाता बन्न इच्छुक आमाहरूले एचकेबीएमबीको आधिकारिक वेबसाइट, फोन वा अस्पताल प्राधिकरणका अस्पतालहरूको स्तनपान क्लिनिकमा सम्पर्क गरेर आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।

जनवरी ६ बाट सञ्चालनमा आउने ‘ब्रेस्ट मिल्क बैंक’ काउलुन खाडीमा अवस्थित हङकङ बाल अस्पतालमा रहनेछ। (एजेन्सी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .