समाज


मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र चर्को आवाज निकाल्नेलाई कारबाही

मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र चर्को आवाज निकाल्नेलाई कारबाही

नेपालखबर
चैत ५, २०७६ बुधबार १६:२५,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारवाही अभियान थालेको छ। महाशाखाले मोटरसाइकलले ध्वनी प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुपपरिवर्तन गरी चलाउने, लापरवाही ढंगले चलाउनेलाई कारबाही थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

त्यस्ता मोटरसाइकलका कारण दुर्घटना बढ्ने भएकाले सर्वसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले कारबाही थालिएको हो। जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र मात्र नभइ देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको जनाइएको छ।

ठूलो आवाजका कारण ध्वनी प्रदूषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नु परेको छ। त्यस्ता बाइक तीव्र गतिमा कुदाइने र त्यसमा ठूलो आवाज हुने भएकाले ध्वनी प्रदूषण हुने गरेको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवानास्वरुप रु एक हजारदेखि रु १५ हजारसम्म जरिवाना गराइएको छ।

समातिएका मोटरसाइकलमध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकलाई चलाउन रोक लगाएको छ। त्यसैगरी मोडिफाइ गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकललाई भने पुरानै स्वरुपमापरिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यस्ता किसिमका मोटरसाइकल कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हट लाइन १०३ मा जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad