कारोबार


मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथ घरमै नर्सिङ सेवा

मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथ घरमै नर्सिङ सेवा

नेपालखबर
चैत ५, २०७६ बुधबार १६:१०,

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ।

मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो।

सम्झौता पत्रमा मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र शुलभ हेल्थका निर्देशक साईरा श्रेष्ठले हस्ताक्षर गरे। सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले चाहेमा शुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

शुलभ हेल्थ होमले बृद्धबद्धा र बिरामीलाई घरघरमै स्वास्थ्य तथा नर्सिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंक अफ दि इयर २०१९ बाट सम्मानित भइसकेको मेगा बैंकले ग्राहकहरुलाई स्तरीय स्वास्थ्य सेवा र छुट दिने उद्देश्यले बिभिन्न अस्पताल तथा स्वास्थय संस्थासँग सम्झौता गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad