समाज


रौतहटमा आगलागी हुँदा ८ घर जले

रौतहटमा आगलागी हुँदा ८ घर जले

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०८१ सोमबार १०:५६, काठमाडौँ

रौतहटमा आगलागी हुँदा केही घरगोठ जलेका छन्। राजदेवी नगरपालिका- ५ मा रहेको पासवान टोलमा गएराति आगलागी हुँदा आठवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

राति सवा २ बजेतिर स्थानीय जगतनाथ पासवानको घर नजिकै बालिएको घुरबाट आगो सल्किएको अनुमान प्रहरीले गरेको छ। 

आगलागीबाट जगतनाथसँगै बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान र प्रदीप पासवानको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीबाट ८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए। 

प्रहरी, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा आज बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन। 

आगलागीको खबरपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्र घटनास्थलमा पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad