काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (सोमबार) ४.७ डिग्री सेल्सियसमा झरेको छ। यसअघि आजै बिहान ५:४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो।
तर बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही घटेर ४.७ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आजको आधिकारिक न्यूनतम तापक्रम यही हो। यसअघि आइतबार काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।
यसैबीच आज जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ। मौसम महाशाखाको विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ३.७ डिग्री सेल्सियसमा झरेको हो।
यसअघि आइतबार जुम्लाको न्यूनतम तापक्रम १.७ डिग्री सेल्सियस थियो।
आइतबार साँझदेखि मौसम सफा भएर राति आकाश खुलेसँगै देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम घटेको हो।
दिउँसोचाहिँ मौसम सफा हुँदा दिनभर घाम लाग्न पाउने भएकाले आजदेखि अधिकतम तापक्रम बढ्ने सम्भावना देखिन्छ।
यसअघि शुक्रबार र शनिबार भने देशभर मौसम बदली हुँदा न्यूनतम तापक्रम बढेको थियो भने अधिकतम घटेको थियो।
हेर्नुहोस् तापक्रम सूची(नोट: न्यूनतम आजका हुन् भने अधिकतम हिजाेका हुन्)-


२४ घण्टामा सबैभन्दा कममा झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि जतिसम्म उक्लिन्छ, त्यसलाई अधिकतम तापक्रम भनिन्छ।
सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ। यसैले आजको अधिकतम तापक्रम भने साँझ आउनेछ।
Shares

प्रतिक्रिया