समाज


साउदीबाट आएका ४४ वर्षीय नेपालीमा मंकीपक्स संक्रमण पुष्टि

साउदीबाट आएका ४४ वर्षीय नेपालीमा मंकीपक्स संक्रमण पुष्टि

प्रतीकात्मक तस्बिर


नेपालखबर
पुस १५, २०८१ सोमबार ६:२८, काठमाडौँ

थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ।

साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। 

उनले भने, “थप एक जनामा पुष्टि भएको सत्य हो। परीक्षणको क्रममा संक्रमण देखिएको छ। संक्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ।”

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए। यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मंकीपक्स संक्रमण पुष्टि भएको थियो।

मङ्किपक्सको संक्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ। एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ।

यो रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थजस्तै थुक, र्‍याल, भाइरसबाट दूषित सतह र सामग्री, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad