अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने ‘पोखरा सडक महोत्सव’को २६औँ संस्करण आजदेखि सुरु भएको छ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा सुरु भएको महोत्सव पुस १७ गतेसम्म चल्नेछ।
महोत्सवको उद्घाटनअघि लेकसाइडको खहरेबाट सांस्कृतिक झाँकीसहित र्याली निकालिएको थियो। र्यालीमा ६० भन्दा बढी आमा समूह, विभिन्न जातजातिका प्रतिनिधि, र पर्यटनसम्बद्ध संस्थाको सहभागिता रहेको थियो।

रेवानले महोत्सव सफल बनाउन सुरक्षा, स्वास्थ्य, र सांस्कृतिक समूहहरूको बैठक सम्पन्न गरेको छ। ‘सडकमै खाउँ, सडकमै रमाऔँ’ नाराका साथ हुने यस महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, दोहोरी प्रतियोगिता, रात्रिकालीन कन्सर्ट, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनीजस्ता आकर्षण समावेश गरिएका छन्।
सडकमा मःम खाने प्रतियोगिता, रस्साकस्सी, वेटर÷चम्चा दौड, र डुंगा दौडजस्ता खेलकुदका कार्यक्रमले महोत्सवलाई थप रोमाञ्चक बनाउनेछन्।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेललले अनुसार अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सवले पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे।























Shares

प्रतिक्रिया