विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै राज्यमा फैलिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाका ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको हो।
वेस्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा यो फैलिएको हो।
अमेरिकामा अहिलेसम्म ६ हजार व्यक्तिलाई यसको संक्रमण भइसकेको छ भने यसको संक्रमणबाट १०५ जनाको ज्यान गइसकेको छ।
यसरी संक्रमण व्यापक बनेपछि अमेरिकाले त्यसको नियन्त्रण गर्न बजार बन्द गराउनाका साथै भिडभाड गर्न प्रतिबन्ध लगाएको छ।
सन फ्रान्सिस्कोको बे एरियाजस्तै न्युयोर्क सिटी लकडाउन गर्ने तयारी अमेरिकाले गरेको छ।
कोरोना भाइरसविरुद्ध सैनिक परिचालन गर्ने तयारी अवस्थामा राखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
विश्वभर अहिलेसम्म कोरोना संक्रमणमा परेका व्यक्तिको संख्या २ लाख नजिक पुगिसकेको छ भने तीमध्ये ८ हजार जनाको मृत्यु भएको छ।

प्रतिक्रिया