सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतले आज (सोमबार) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतसँग बयान थाल्ने भएको छ।
कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले पोखराको सूर्यदर्शन सहकारी प्रकरणका रविसहितका अभियुक्तहरूसँग अदालतले आजदेखि बयान लिन थाल्ने जानकारी दिइन्।
‘आजबाट बयान सुरु हुन्छ’, उनले नेपालखबरसँग भनिन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा अभियोगपत्र दायर भएको छ।
171
Shares

प्रतिक्रिया