राजनीति


रविको सांसद पद निलम्बन हुने, सभामुखकहाँ पुग्यो यस्तो पत्र

रविको सांसद पद निलम्बन हुने, सभामुखकहाँ पुग्यो यस्तो पत्र

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०८१ आइतबार १९:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बन हुने भएका छन्।

कुनै पनि सार्वजनिक पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएपछि पदबाट निलम्बित हुने कानुनी प्रावधान रहेकाले लामिछानेको सांसद पद पनि निलम्बन हुने भएको हो।

निलम्बन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ। 

रविविरुद्ध आजै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी प्रमुख एवं उपरीक्षक श्यामबाबु ओलियाले सभामुखलाई सम्बोधन गरी लेखेको पत्रमा संसद सचिवालयमा पुगिसकेको छ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले प्रहरीको पत्र ढिला आएकाले भोलि मात्रै उक्त पत्र दर्ता हुने बताए।

‘पत्र आज अलि ढिला आइपुग्यो,’ उनले भने, ‘अब भोलि कार्यालय खुलेपछि पत्र दायर हुन्छ र प्रक्रियामा जान्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad